दुई बर्ष भित्र गढीमा धेरै ठाउहरुमा पुल निर्माण भई सक्छन- अध्यक्ष हुमागाई

हेटौंडा टुडे
२७ श्रावण २०७७, मंगलवार २३:१५

 हेटौंडा  \मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने भोलुङगे पुलको आज मंगलबार उद्घाटन गरीएको छ । पुलको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले रिवन काटी उद्घाटन गरेका थिए । वडा नम्बर ४ को वाईबा डाँडा र वडा नम्बर ५ को कालिवनको सिमानमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

गाउँपालिकामा पहिलो पटम पुल उद्घाटन गर्दै अध्यक्ष हुमागाईले अब केहि महिना भित्रमा अन्य स्थानहरमा अन्य पुलपनि सञ्चालनमा आउने बताएका थिए । गत जेष्ठ ४ गते सिल्यन्यास गरीएको पुल ८३ दिनमा निर्माण सम्पन्न गरीएको हो ।झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तरगत करिब ४८ लाख लगानीमा पुल निर्माण गरिएको हो । संघीय र स्थानिय सरकारको सयुक्त लगानि सम्पन्न गरिएको उक्त पुलको राडो नेपालको प्राबिधिक सहयोगमा तयार पारिएको हो ।

बिगतका बर्षहरुमा खोला तर्ने क्रममा ३ जना स्थानीयको मृत्यु भएको स्मरण गर्दै अब ती पीडादायी दिन सकिए सगै वडा ४ बाट वडा ५ मा बिध्यार्थिहरुलाई पठन पाठन गर्न आउन जान सारै सजिलो भएको कृषि उपज बस्तूहरु बजार लैजान सजिलो भएको र केटा केटिहरु र बुढा बुडिहरुलाई खोला तर्न पनि सजिलो भएको गाउँ पालिका अध्यक्ष हुमगाईंले हेटौंडा  टुडेलाई बताउनु भयो ।

कालिवन झोलुङगे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद गोलेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य निर्मला विक, वडा सदस्यहरु, टोल विकास संस्थाका अध्यक्षहरु, राडो नेपाल मकवानपुरका प्रतिनिधि राजन दाहाल, लगायत स्थानिय कालिवन तथा वाईवाडाँडाका स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*