मकवानपुर । लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका अध्यक्ष लियो कुबेर पाठकले सुधार गृहमा उपचाररत रहेको व्यक्तिलाई रोजगार दिने बताउनु भयो । मकवानपुरको हेटौँडामा रहेको लागुऔषध दुव्र्यसनीमा फसेकाको परामर्श, उपचार र पुर्नमिलनमा सक्रिया रहेको सिआन पुर्नस्थापना केन्द्रमा पुग्नु भएका पाठकले भन्नुभयो, तपाईहरु तयार भई केहि गर्छु भन्ने सोच राख्नुस्, हामी रोजगार दिन तयार छौँँ ।
सिआन पुर्नस्थापना केन्द्रले गरेका कार्यहरुबारे सिआनका सचिव अनिल अधिकारीले जानकारी दिए पश्चात लागुऔषध दुव्र्यसनमा लागेका व्यक्तिहरुलाई १ बर्ष भित्रमा रोजगार प्रदान गर्ने उद्घोष गर्नु भयो । पाठकले नेपालमा दिनप्रतिदिन दुव्र्यसनी बढिरहेको अवस्थामा यसलाई रोक्नु हामी सबैको दाहित्व भएको भन्दै रोजगारले कुलतमा फस्ने संख्यामा पनि कमी आउने बताउनु भयो । आफ्नो कार्यकालमा योजना नै बनाएर आगडि बढिरहेको भन्दै उहाँले भन्नुभयो, लियो जिल्ला परिषद् ३२५ बि २ नेपाल र सिआन पुर्नस्थापना केन्द्रसँग यस बर्ष सहकार्य गरेर अगाडि बढ्ने सम्झौता समेत गरेको छौँ ।
उहाँले कुनै पनि नशा आफैमा गलत नभई त्यसको प्रयोग चाँहि गलत भएको भन्दै लागुऔषध प्रयोगकर्ताहरु आफैमा नराम्रो नभएको बताउनु भयो । सुधारगृहमा बसेकालाई समाजमा हेर्ने दृष्टिकोण फरक भएको भन्दै हामी यस्ता व्यक्तिहरुलाई समाजमा उदाहरणीय बनाउनको लागि लागि पर्ने उहाँको भनाई रहेको थियो । समाजको प्रेरक पात्र बन्न विगत राम्रा वा नराम्रो घट्ना चाहिने बताउदै अब प्रेरक पात्र बनाउन लाग्ने बताउनु भयो । सिआन पुर्नस्थापना केन्द्रका प्रमुख सौजन डिसिले संस्थाको हालको अवस्थाबारे जानकारी गराउदै सबैको साथ भए मात्रै सुन्दर समाजको कल्पना गर्न सकिने भन्दै सबैको साथ र सहयोगको अपेक्षा गर्नु भयो । सो कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका कोषाध्यक्ष राजन श्रेष्ठ, जिल्ला निर्देशक संजय बिक्रम अधिकारी,लियो क्लव हेटौँडा भुटनदेविका सचिव मेनुका लामा लगायतको सहभागिता रहेको थियो ।