
हेटौंडा / मकवानपुरमा आज बिहिबार थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा विभिन्न वडामा गरी १८ जना हेटांैडा उपमहानगर पालिका बाहिर बिभिन्न पालिकाहरुमा गरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालाका परिक्षण गर्दा हेटौंडा ९ का ७ जना, हेटौंडा ५ का ४ जना, हेटौंडा ४ का ४ जना, हेटौंडा २ का १ जना, हेटौंडा १० का १ जना, हेटौंडा १३ का १ गरी जम्मा हेटौडा उपमहानगर पालिकामा १८ जनामा कोरोना पुष्टि भएकोसंगै हेटौडा उपमहानगर पालिका भन्दा बाहिर भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन घर भएका १ जना, काठमाडौं घर भएका १ र नेपाल प्रहरी १० जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले बताएका छन् ।

