हेटौंडामा अटो र ट्रक ठोकिदा दूई जनाको ज्यान गयो (फोटो फिचर)

टुडे संवादाता
२९ श्रावण २०७७, बिहीबार १३:२७

 

हेटौंडा / हेटौंडामा आज अटो र ट्रक ठोक्किदा २ जनाको को मृत्यु भएको छ ।

हेटौंडा–३ तिनताप्केमा अटो र ट्रक एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । हेटौंडाबाट नारायणघाटतर्फ जाँदै गरेको ना६ख १६११ नम्बरको ट्रकले ना२ह ३४६५ नम्बरको अटो ठक्कर खाँदा ३ जना घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारका लागि हेटौंडा ल्याएकोमा २ जनाको उपचारका क्रममा दिउँसो हेटौंडा अस्पतालमा मृत्यु भएको हो । घाइते अटो चालक मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुर बस्ने ४७ बर्षीय ठुलोकान्छा खड्काको उपचार भईरहेको छ । मृत्यु हुनेमा मनहरि ५ डिल्लिपुरका स्थानिय बर्ष अन्दाजि ३२ का बाबुराम रुम्बा र बर्ष अन्दाजि ३५ का अमृत लोप्चन रहेको जिल्ला प्रहरि कार्यालय मकवानपुरले जनाएको छ ।

हेनुहोस फोटो

No description available.

तस्बिर सौजन्य रजौयाका मनोज अधिकारीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*