हेटौंडा/मकवानपुरमा आजै थप १५ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । बिहान मात्र ३७ जनालाई कोरोना पुष्टि भएको हो । मकवानपुरमा एकैदिन हालसम्मकै सबैभन्दा बढी ५२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
हेटौंडास्थित प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार साँझ आएको रिपोर्टमा मकवानपुर बाहिरका एकजना, हेटौंडाका १२ र मकवानपुरगढी गाउपालिकाका २ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएको कर्राको श्रमिक माविमा रहेको आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले जानकारी दिए ।
सेयर गर्नुहोस्