गढी गाउँपालिकामा २३ महिने बालिका सहित एक महिलामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
२९ श्रावण २०७७, बिहीबार १९:०५

हेटौंडा / मकवानपुरगढी गाउँपालिकामा आज थप २ जनामा कोरोना पुष्टि भएको छ । विहीबार हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का ५१ बर्षकि महिलामा र २३ महिने बालिकामा संक्रमण देखिएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारि दिनभयो ।

यो संगै गाउँपालिकामा संक्रमितको संख्या ५ पुगेको छ । यस अघि २ पुरुष र १ महिलामा कोरोना देखिएको थियो । मकवानपुरमा आजै थप १५ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । बिहान मात्र ३७ जनालाई कोरोना पुष्टि भएको छ । मकवानपुरमा एकैदिन हालसम्मकै सबैभन्दा बढी ५२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*