
हेटौंडा । मकवानपुरमा आज आइतबार थप ३ जना कोरोना संक्रमित थपिएका छन्। कोरोना संक्रमण हुनेमा हेटौंडा, मकवानपुर गढी र मनहरी गाउँपालिकाका २ महिला र १ पुरूषमा कोरोना संक्रमित थपिएका हुन् ।
संक्रमण पुष्टि हुनेहरुमा मकवानपुगढी गाउँपालिका वडा नंबर ३ की २३ वर्षीया महिला, मनहरी ३ का ३८ वर्षीय पुरुष र हेटौैंडा ४ की ४० वर्षीया महिला रहेको छन । गढि गाउपालिकाको २३ वर्षीया संक्रमित महिला भने गढी गाउँपालिका भन्दा बहिर हेटौंडा उपमहानगरपालिकाका बस्दै आएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।


सेयर गर्नुहोस्