चितवन/चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड– १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १० जना र मकवानपुरका १ जना गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर ५,१०, ११, १५, र १८ का ३ पुरुष सहित चार जना महिलामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुने महिलाहरु १५ देखि ३७ उमेर समुहका छन भने पुरुषतर्फ २२ देखि ४१ उमेर समुहका छन् ।
यस्तै चितवनको राप्ती नगरपालिकाका थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती नगरपालिका २ र ९ कि ६ वर्षीया बालिकासहित तीन जना महिलामा कोरोना संक्रमण देखिएको हो ।
आइतवार नै गरिएको परीक्षणमा हेटौंडा– ९ का ६० वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।कुल ५६८ नमूना परीक्षण गरिएकोमा ११ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने बाँकीको रिपोर्ट नेगेटिभ आएको छ ।