हेटौंडा/हेटौंडामा आज (सोमवार)थप १६ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले दिएको जानकारी अनुसार मकवानपुरमा कार्यरत ११ जना प्रहरी र हेटौंडा उपमहानगरपालिकाका ५ जना सर्वसाधारणलाई कोरोना संक्रमण भएको हो ।
उनका अनुसार हेटौंडा–४ मा हेटौंडा–१० मा एक जना सर्वसाधारणलाई कोरोना पुष्टि भएको छ । यसैगरी चितवन घर भएका–३, रौतहटका २, सिन्धुलीका १, बाँकेका २, पर्सा घर भएका १, धादिङ घर भएका १ सहित ११ जना प्रहरीलाई कोरोना भएको जनाइएको छ । उनिहरु मकवानपुरको विभिन्न प्रहरी कार्यालयमा कार्यरत वा जिल्ला प्रहरी कार्यालमै कार्यरत हुन भन्ने खुल्न सकेको छैन ।
सेयर गर्नुहोस्