गौरिटारामा प्रहरी माथि खुकुरि प्रहार, हेटौंडामा उपचार नभए पछि भरतपुर रिफर

हेटौंडा टुडे
२ भाद्र २०७७, मंगलवार ००:२२

 

हेटौंडा–६, गौरीटारमा लागूऔषध सेवनकर्ता र प्रहरीबीच झडप हुदा प्रहरी सहायक निरीक्षकको हातमा चोट लागेको छ  । प्रहरी चौकी चौघडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसीको दाया“ हात छिनेको स्थानीय प्रत्यक्षदर्शी केदार चौलागाईंले जानकारी दिए । उनका अनुसार करिब दश बजेको समयमा स्थानीय युवाहरु लागूऔषध सेवन गरिरहेको समयमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न खोज्दा युवाहरुले प्रहरीलाई खुकुरी प्रहार गरेका थिए । प्रहरीले लागूऔषध सेवन गरेर झगडा गर्ने चारजना युवालाई पक्राउ समेत गरेको छ । उनीहरुले प्रहरीमाथि किन खुकुरी प्रहार गरेर त्यसको छानविन  भईरहेको छ । झगडा हेटौंडाबाट करिब सात किलोमिटर पूर्वस्थित हेटौंडा–६ र १६ नम्बरको गौरीटार रंगशाला नजिकै भएको थियो ।  घरायसी बिबाद भएपछी प्रहरीमा खबर पुगेकाले असई केसि र अर्का एक प्रहरी गौरिटार पुगेका थिए । प्रहरी पुग्ने बित्तिकै ती युवकले प्रहरीमाथी आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । खुकुरी प्रहारबाट असई केसिको हातमा गहिरो चोट लागेको छ । उनको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछी भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्र रानाले जनकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*