हेटौंडा /कोरोना संक्रमणको जोखिम बढीरहेको अवस्थालाई मध्यनजर गर्दै आम मकवानपुरबासीहरुलाईे चाडपर्व आफ्नै घरभित्र बसेर मनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ ।
कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै आम मकवानपुरबासीहरुलाई जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर र आफ्ना परीवारका सदस्यहरुमात्रै संलग्न हुनेगरी चाडपर्व मनाउन निर्देशन दिएको हो ।
सूचनामा चाडपर्वको नाममा अनावश्यक रुपमा घर बाहिर ननिस्कन र ठूलो संख्यामा भेला नहुन सबैलाई अनुरोध गरिएको छ ।
प्रशासनको निर्देशन विपरितको कार्य भएको फेला परेका कानून बमोजिम कारबाही गरिने कार्यालयका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
सेयर गर्नुहोस्