थाहानगरपालिका क्वारिन्टिनमा रहेका सबैजना डिस्चार्ज

हेटौंडा टुडे
४ भाद्र २०७७, बिहीबार २१:३०

हेटौंडा / थाहानगरपालिका क्वारिन्टिनमा रहेका सबैजना डिस्चार्ज भएका छन् । थाहा नगरपालिकाबाट नमूना संकलन गरी पठाइएका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि क्वारेण्टिनमा रहेका सबै जनालाइ घर पठाइएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनु भयो । पछिल्लो पटक थाहा नगरपालिकाले ५४ पिसिआर परिक्षणका लागी नमुना छनौट गरि पठाइएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

हेटौंडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा थाहा नगरबाट नमुना पठाइएकोमध्ये आज बिहीबार २८ जनाको रिपोर्ट आएको छ । त्यसैगरी बुधबार २२ जनाको र मंगलबार ४ जना गरि सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । थाहानगरको क्वारेन्टाइनबाट नमुना संकलन गरिएको एक जना भारतीय नागरिकमा कोरोना पोजिटिभ भेटिएपछि उहाँको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरेर पठाइएको थियो । र हेटौंडामा रहेको ग्लोबल आइएमई बैंकका शाखा प्रमुखमा कोरोना संक्रमण भेटिएको पछि उहाँको सम्पर्कमा रहेका थाहानगरका व्यक्तिहरुको पनि स्वाब संकलन गरेर पठाइएको थियो । यसबाहेक थाहा नगरमा भेटिएका अन्य दुईजनाको सम्पर्कमा आएका र थाहानगर बाहिरबाट आएका व्यक्तिहरुको पनि स्वाब संकलन गरेर पठाइएको थियो । यसरी पठाइएका सबैमा कोरोना भाइरसको संक्रमण नरहेको परीक्षणले देखाएको स्वास्थ्य शाखाका प्रमुख बलामीले बताउनु भयो ।

थाहा नगरपालिकाले समुदाय स्तरमा कोरोना परिक्षण गर्ने निर्णय गरे सङै हिजो थाहा नगरपालिका वडा नम्बर १ ओखरबजार क्षेत्रबाट १४ जनाको नमुना संकलन गरि हेटौडा पठाएको र सो को नतिजा आउन बाकी रहेको स्वास्थ शाखा प्रमुख बलामिले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*