हेटौँडा / हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ गौरिटारमा रहेको कोरोना आइसोलेसन वार्डमा पानि चुइने, जम्ने र खानेपानीको अभाब भएको भन्दै संक्रमितले गुनासो गरेपछि यसबारेका हेटौडा टुडेले आइसोलेसनमा कोठाभित्र पानी जम्ने समस्यासगैं खानलाई छैन पानि भन्ने समाचारको शिर्षकामा बिहान समाचार प्रकाशन गरको थियो । गत साउन ३१ गतेबाट सञ्चालनमा आएको आइसोलेसन वार्डमा पानी चुहिने र बाछिटा पानि आउने गरेका आइसोलेसनमा सेवा लिइरहेका सेवाग्राहीले जानकारि दिएका छन । आकासबाट परेको पानि कोठामा जम्ने समस्या संगै पिउने पानीको पनि चरम अभाव त्यस्तै शौचालयमा पनि पानीको चरम अभाब देखिएको छ । आइसोलेसन वार्डमा रहेका केहि संक्रमितले खानेपानीको लगि पटकपटक भन्दा समेत वास्ता नगरेको , तातो पानि र औषधी खान समेत समस्या भएकोले संक्रमितहरुले आफुहरको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको आरोप लगाउका छन ।
आइसोलेसनमा सेवा लिइरहेका सेवाग्राहीले जानकारि गराए अनुसार विहानैबाट लाईन छैन, मोवाईलमा चार्ज पनि छैन, परिवारसँग सम्पर्क समेत नहुने अवस्था भो, अब के गर्ने आफुहरु आज बिहानैबाट निकै समस्यामा परेको भन्दै सेवाग्राहीले शौचालयमा समेत पानी नहुँदा समस्या भएको बताईन् । यसरी कुनै तयारी विनानै रुममा राख्दा आफुहरुलाई थप समस्या भएको उनको भनाई रहेको छ ।
बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको समन्वयमा साउन ३१ गतेबाट हेटौंडा ६ मा आइसोलेसन निर्माण गरि संक्रमितलाई राखिएको छ । तर सरकारको गैरजिमेवार पन र हेल्चेक्र्याईले आइसोलेसनमा रहेका बिरामीको बिचल्ली भएको छ । यसरी संक्रमितको स्वास्थ्यमा यति ठुलो लापरवाही बागमती प्रदेशको राजधानी हेटौंडामा भैरहेको छ । तर स्थानीय र प्रदेश सरकार भने देखे नदेखे झैँ गरिरहेको छ । आइसोलेसमा बसी कोरोना भाइरसको संक्रमण संग जुधिरहेका बिरामीले एक घुट्की पानीसमेत खान पाएका छैनन् ।