मकवानपुर । सामरी खोलाले बगाउँदा मृत्यु हुनेेेको पहिचान खुलेको । मृत्यु हुनेमा गढि गाउँपलिका वडा नम्वर ३ झल्ला स्थित ५३ बर्षका लालबहादुर सुनार रहेको ईलाका प्रहरी कार्यलय मकवानपुर गढिले जनाएको छ ।
शनिवार विहान दूध बेचेर घर फर्कदैँ गर्दा उनलाई सामरी खोलाले बगाएको हो । करिब ५ सय मिटर खोलाले बगाएपछि उनको शव भेटिएको एक स्थानियले हेटौंडा टुडेलाई जानकारी दिएका छन ।
सुुनार विहानै मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ मा रहेको उज्ज्वल दूग्ध उत्पादक सहकारी संस्थामा दूध बेच्न गएको र घर फर्कँने क्रममा उनलाई खोलाले बगाएको ईलाका प्रहरी कार्यालय मकवानपुर गढिले जनाएको छ ।प्रहरीको टोलीले अहिले घटनास्थलमा प्रारम्भीक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।
सेयर गर्नुहोस्