
हेटौंडा/हेटौंडामा आइतबार आज थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंका अनुसार हेटौंडाका विभिन्न वडा गरेर १२ पुरूष र ४ महिला थपिएका हुन् ।
उनका अनुसार साउन ३२ गते,भदौ १ र २ गते लिएको स्वाबको १६ जनामा कोरोना पुष्टि भएको हो । हेटौंडा ५ को ५ जना ,१० को ३ जना, ९ को २ जना,४ को ३ जना,११ को २ जना र ८ को १ जना गरेर १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।


सेयर गर्नुहोस्