
हेटौंडा/ सोमबार हेटौंडाको विभिन्न स्थानमा मास्क खोइ र कोभिड-१९ सम्बन्धि सचेतनामुलक उपायहरू भएको व्यानर टांगिएको छ ।
नेपालमा समाजसेवामा सक्रिय रहेको लायन्स कलबको युवा कार्यक्रम अन्तर्गत रहेको लियो क्लबहरुले विभिन्न कार्य गर्दै आएको छ । सोहि अनुसार लायन्स क्लब अफ हेटौंडा सुर्योदयको युवा कार्यक्रमको रुपमा स्थापना भएको क्लवले आज सचेतनामुलक कार्यक्रम गरेको हो ।
लियो क्लब अफ हेटौंडा सुर्योदयको आयोजनामा हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र पर्ने चेकपोष्ट र चोकहरुमा मास्कको प्रयोग तथा कोरोना सँग कसरी बच्ने सम्बन्धी उपायको ब्यानरहरु टांगेका छन् ।
अरुबेला जस्तो सहज परिस्थिति नभएको हुँदा क्लबका धेरैजना सदस्यहरुलाई भेला नगरी तथा सामाजिक दुरी कायम गर्दै क्लबका अध्यक्ष लियो शुभम लम्साल, प्रथम उपाध्यक्ष लियो पृथ्वी नेपाल र कोषाध्यक्ष लियो सुबास भण्डारीले हेटौंडा-१५ को चुरीयामाई मन्दिरको चेकपोस्ट हुँदै रातोमाटे चेकपोस्ट, बुद्ध चोक, हेटौंडा-११ थानाभर्याङ्को ट्राफिक चेकपोस्ट, सामरीको पुल नजिक, हेटौंडा-५ को क्याम्पाडाँडा चौतारी र माछाप्लानको लेकसाईड वरिपरि ब्यानर टागेंको क्लबका अध्यक्ष लम्सालले बताए ।
कार्यक्रममा लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकका कोषाध्यक्ष लियो प्रबेश धिताल कुन्दन तथा हेटौंडा-५ पिप्ले निवासी युवा समाजसेवी नितेश लामिछानेको उपस्थिति रहेको थियो ।


सेयर गर्नुहोस्