हेटौंडा /मकवानपुरमा आज ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परिक्षणमा आज ३४ जनाको कोरोना पोजेटिभ देखिएको हो । ३४ जना मध्य १४ जना हेटौंडा उपमहानगरपालिकाका कर्मचारी रहेका छन भने मकवानपुरगढि गाउपालिकाका एक जना रहेका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । ३४ जना मध्यमा २७ पुरुष र महिला ७ जना गरेर ३४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
हेर्नुहोस विवरण
सेयर गर्नुहोस्