
हेटौंडा । मकवानपुरमा अहिले सम्म कोरोना संक्रमितको सख्या ३ सय ३० जना पुगेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार मकवानपुर जिल्लामा कोरोना संक्रमितको सख्या ३ सय ३० जना पुगेको हो । जिल्लाका संक्रमण भएका संक्रमितहरु मध्ये ९३ जना कोरोना संक्रमण मुक्त भएका छन भने मुत्यु हुेनेको सख्यां ४ पुगेको छ ।
यो तथ्याङक मकवानपुरमा सुरुवात देखि हाल सम्मको हो । परिक्षणका क्रममा हिजो मात्र ३४ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको सख्या ३ सय ३० पुगेको हो । दोश्रो चरणमा देखा परेका कोरोना संक्रमित अधिकांश स्थानीय क्षेत्रमानै रहेकाहरु छन् । यस भन्दा पहिले सवैजसो कोरोना संक्रमित बिदेशबाट घर फर्किएकाहरु रहेका थिए। तर, अहिले भने स्थानीय नागरिकमानै कोरोना संक्रमण देखा परेको छ ।
यो संगै मकवानपुरमा कोरोना भाईरसको संक्रमण सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा देखापरेका छन् त्यस्तै मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुर गढी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखापर्न थालेका हुन् ।

