मकवानपुरमा फेरि थपिए २० संक्रमित, हेटौंडा प्रयोगशालाको रिपोर्ट आयो

हेटौडा टुडे
१० भाद्र २०७७, बुधबार २१:३३

 

हेटौंडा । कोरोना परीक्षण हेटौंडा प्रयोगशालाको रिपोर्ट बुुुधबार राती आएको छ । साँझ धुलिखेल प्रयोगशाला पठाइएको १६६ नमूनाको रिपोर्ट आउँदा मकवानपुरका ४५ जनामा कोरोना पुष्टि भएको थियो । बुुुधबार बेलुकी आएको हेटौंडा प्रयोगशालाको रिपोर्ट अनुसार २० थप संक्रमित थपिएका छन् । पुष्टि भएकामा हेटौंडाका १२, थाहा नगरका ३ र जिल्लाबाहिर ठेगाना भएका ५ जना रहेका छन् । यो संगै आज मकवानपुरमा एकैचोटी यतिधेरै संक्रमित थपिएको यो पहिलोपटक हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*