हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा २१ महिने बालिका कोरोना संक्रमणबाट मुक्त भएकि छिन । गत श्रावणा २९ गते गढि गाउंपालिका वडा नम्बर तिन स्थित एकैदिन ५१ बर्षकि महिलामा र २१ महिने बालिकामा संक्रमण देखिएको थियो ।
केहि हप्ता अधि गढि गाउंपालिकाको वडा नम्बर तिन स्थित एकै परिवारका चार जनालाई कोभिड संक्रमण देखिएको थियो । कोभिड देखिनेमा बालिकाको हजुर बुबा हनुरआमा र बालिकाको आमामा उक्त संक्रमण देखिएको हो । सुरुमा बच्चाको आमा देखिएको उक्त संक्रमण बिस्तारै घरका अरु सदस्यका पनि देखिएको थियो ।
आफूहरु सुरक्षित रुपमा होम क्वारेन्टिमा बसेका र परिवारका सबै सदस्यको स्वास्थ्य सामान्य रहेको साथै २१ महिने बालिकाको आमाको पनि कोभिड रिपोर्ट नेगेटिभ गत साउन ३० गते नै आईसकेकको परिवार श्रोतले बाताएकौ छ । बालिकाको भने रिपोर्ट हिजो नेगेटिभ आईसकेको हो ।
हाल सम्म मकवानपुरगढी गाउपालिकामा कोभिड १२ जनामा संक्रमण पुष्टि भईसकेको छ । गढि गाउपालिमा हाल सम्म तिन जनाको रिपोर्ट नेगेटिभ आएसंगै डिसचार्ज भईसकको मकवानपुरगढी गाउपालिकाका स्वास्थ्य ईकाइका प्रमुख बिदुर लामिछानेले जानकारि दिनु भयो ।
यो संगै शुक्रवार मकवानपुरमा थप २९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हेटौंडास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले जानकारी दिए ।