मकवानपुर घेदुङका अध्यक्ष घलानद्वारा आइसोलेसनका संक्रमितलाई फलफुल वितरण

हेटौंडा टुडे
१२ भाद्र २०७७, शुक्रबार १६:३८

हेटौडा / नेपाल तामाङ घेदुङ मकवानपुरको कार्यबाहक अध्यक्ष एवम समाजसेबी कालु घलानले गौरिटारको आइसोलेशन वार्डमा रहेका कोरोना संक्रमितलाई फलफुल तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, गौरीटारको आइशोलेशनमा पुगी घेदुङको कार्यबाहक अध्यक्ष घलानले आज (शुक्रबार) आइसोलेसन वार्डका मेडिकल अधिकृत डाक्टर सन्तोष यादबलाई फलफुल हस्तान्तरण गरीएको हो ।

आइसोलेशनमा रहेका ८४ जना संक्रमितको लागि २५ किलो स्याउ, १५ दर्जन केरा, ३० प्याकेट पाउरोटी, १० लिटर दूघ, र स्वास्थ्य सामग्री १०० वटा माक्स प्रदान गरिएको छ ।

संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै कावा अध्यक्ष घलानले आईसोलेशन वार्डमा खटिनु भएका स्वस्थाकर्मीलाई धन्यबाद दिदै पछिको दिनमा कुनै आबश्यक सामग्री रहेमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

फलफुल वितरणमा मेडिकल अधिकृत डाक्टर सन्तोष यादब, घेदुङको कार्यबाहक अध्यक्ष कालु घलान, घेदुङको सदस्य एबम पत्रकार दिलबहादुर लामा, नेपाल राष्ट्रिय भुतपुर्ब सैनिक श्रीमती सघं मकवानपुरका डोल्मा स्याङबो, हेल्थ असिस्टेन्ट अनिल धामी लगायतको सहभागी रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*