गौरिटार आइसोलेशनका संक्रमितहरुको लागी भाडाकुडा सहयोग प्राप्त

हेटौडा टुडे
१३ भाद्र २०७७, शनिबार ११:३५

हेटौडा । भेट्रान्स र मकवानपुरे समाज काठमाडौंद्धारा हेटौंडा ६ स्थित गौरिटारको आइसोलेशन वार्डमा रहेका कोरोना संक्रमितहरुको लागी भाडाकुडा सहयोग गरीएको छ । शनिबार बिहान हेटौडा उपमहानगरपालीकाका मेयर हरीबहादुर महतद्धारा एक सय जना सक्रमितका लागी पुग्ने थाल,कचौरा,चम्च,प्लेट,लगाएतको भाडाकुडाका सेट हस्तान्तरण गरीएको हो । भाडाकुडा हस्तान्तरण गर्दै मेयर महतले हेटौडा भेट्रान्स र मकवानपुरे समाज काठमाडौंको यो सामाजीक सहयोगको कार्यप्रति आभार ब्यक्त गर्नु भयो ।

उहाँले खेल क्षेत्रमा रहेका खेलाडी तथा रोजगारको शिलशिलामा मकवानपुरबाट काठमाडौंमा रहेका मकवानपुरे समाजले यो आपतकालिन समयमा खेलेको भुमिका उल्लेख्य रहेको बताउनु भयो । यस्तै हेटौडा भेट्रान्सका अध्यक्ष दिपक बज्रचार्यले सामाजीक कार्यमा आफुहरुको सक्रयता हुदै आएको बताउदै आगामी दिनमा पनि सहयोग हुने बताउनु भयो ।

कारणबस उपस्थीत रहन नसकेपनि हेटौडा भेट्रान्सको सहकार्यमा आईसोलेसनवर्डामा सहयोग गर्न पाउदा आफुहरुलाई निकै खुसी लागेको बताउदै मकवानपुरे समाज काठमाडौंका अध्यक्ष अरुण कुमार गुरुङ्गले थप सहयोगका लागी आफुहरुको तयारी भैरहेको बताउनु भएको छ । सामाजीक दुरी कायम राख्दै गरीएको भाडाकुडा हस्तान्तरणमा हेटौडा भेट्रान्सका उपाध्यक्ष नवराज बज्रचार्य लगाएत खेलाडी तथा पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*