हेटौंडा ५ की ४९ बर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु

टुडे संवादाता
१३ भाद्र २०७७, शनिबार १२:५५

हेटौंडा / हेटौंडा ५ की एक महिलाको कोरोना संक्रमणको कारण आज चितवनमा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत ४९ बर्षीया महिलाको शनिबार आज बिहान करिब ८ बजे तिर मृत्यु भएको हो ।
मृत्यु भएकि महिला मिर्गौला रोगबाट पीडित थिइन् । डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज ल्याइएको थियो । उनको तीन पटकसम्म डायलाइसिस गर्ने क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*