अपडेट: कुन जिल्लामा थपिए कति संक्रमित ? (विवरणसहित)

हेटौंडा टुडे
१३ भाद्र २०७७, शनिबार १९:००

काठमाडौं /नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको स्वास्थ तथा जनसङख्या मन्त्रालय का प्रवता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा सो कुरा जानकारी दिनुभयो ।

हालसम्म नेपालमा कुल संक्रमितमध्ये ५५ प्रतिशत अर्थात २० हजार ५ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र थप ३ सय १३ जना कोरोना मुक्त भइ घर फर्किएका हुन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७९ सक्रिय संक्रमित रहेका छन् । नेपालमा हालसम्म कोरोनाको कारण २ सय ७ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा मात्र १२ जनाको कोरोनाको कारण ज्यान गएको हो ।

त्यस्तै काठमाडौं उपत्यकामा मात्र आज थप १ सय ८६ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै हाल देशभर ८ हजार ३५ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै हाल देशभर ६ हजार ४ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् । भने संस्थागत आइसोलेसनमा रहनेको संख्या १० हजार १ सय ४५ ४५ रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

 

कोरोनाको कारण एकैदिन १२ जनाको मृत्यु, मृतक संख्या २ सय नाघ्यो

नेपालमा कोरोनाको कारण थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  मृत्यु हुनेमा ३ जना महिला र ९ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा पाल्पाकी ३० वर्षीया महिला, काठमाडौंकी ५१ वर्षीया महिला र भक्तपुरको ६२ वर्षीया एक महिला रहेका छन् ।

त्यस्तै मृत्यु हुनेमा पुरुषहरुमा पर्साका ४८ र ३९ वर्षीय २ पुरुष, सिरहामा ८३ वर्षीय पुरुष, गोर्खामा ३८ वर्षीय पुरुष, कास्कीमा ५८ वर्षीय पुरुष, काठमाडौंमा ८३ वर्षीय पुरुष, ललितपुरमा ७२ र ६१ वर्षीय २ पुरुष र भक्तपुरमा ८२ वर्षीय पुरुष रहेका छन् ।

नेपालमा पछिल्लो समय कोरोनाको कारण मृत्यु हुने दर बढिरहेको छ । हिजो मात्र नेपालमा कोरोनाको कारण एकैपटक १२ जनाको मृत्यु भएको थियो ।

 

काठमाडौं उपत्यकामा थपिए १८६ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ५५, भक्तपुरमा १२ र ललितपुरमा १९ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । हिजो (शुक्रवार) मात्र काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

कुन प्रदेशमा कति जनाले जिते कोरोना ? (पछिल्लो विवरणसहित)

नेपालमा बितेको २४ घण्टामा थप ३ सय १३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २० हजार ५ सय ५५ रहेको छ ।

कुल संक्रमित मध्ये ५५ प्रतिशत संक्रमित संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रदेश १ मा १५५९ जना

प्रदेश २ मा ४६७८ जना

वाग्मती प्रदेश १००१ जना

गण्डकी प्रदेशमा १७०३ जना

प्रदेश ५ मा ४७४७ जना

कर्णाली प्रदेशमा २०३३ जना

सुदूरपश्चिम प्रदेशमा ४८३४ जना

 

क्वारेन्टाइनमा बस्नेको यस्तो छ प्रादेशीक विवरण

हाल देशभर क्वारेन्टाइनमा बस्नेको संख्या ८ हजार ३५ रहेको छ । पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । क्वारेन्टाइनमा बस्नेमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा २ हजार ५० जना रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४ सय २ जना रहेका छन् ।

 

काठमाडौंसहित यी ९ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

नेपालका ९ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

  • पर्सा
  • महोत्तरी
  • रौतहट
  • काठमाडौं
  • सर्लाही
  • मोरङ
  • बारा
  • ललितपुर
  • धनुषा

 

हाल एक जना पनि कोरोना संक्रमित नभएका यी २ जिल्ला

नेपालको ७७ जिल्लामध्ये हाल २ जिल्लामा कोरोना संक्रमित छैनन् । २ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

हाल कोरोना संक्रमित नभएका २ जिल्ला

  • हुम्ला
  • मुस्ताङ

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*