नवीन टोलका युवाले गठन गरे संसारीमाई युवा क्लव

हेटौडा टुडे
१३ भाद्र २०७७, शनिबार १८:५८

हेटौंडामा । मकवानपुरको हेटौंडा ५ नवीनटोलका युवाहरुको आजको भेलाले संसारीमाई युवा क्लव गठन गरेको छ ।
कविरविक्रम राणाको अध्यक्षतामा गठित एघार सदस्यीय क्लव उपाध्यक्ष डिना श्रेष्ठ, सचिव विना बास्तोला, सहसचिव सुरज दुलाल, कोषाध्यक्ष दिनेशकुमार गौतम रहेका छन् । सदस्यहरुमा उत्तरकुमार दुलाल, राजु कार्की, विवेक शर्मा, दिपा चौलागाई, कृष्ण थापार गुणप्रसाद ढुंगेल रहेका छन् ।
कविरविक्रम राणको अध्यक्षता तथा टोल विकास संस्था नगर समन्वय समितिका पूर्व अध्यक्ष, युवा नेता इश्वर ढुंगानाको प्रमुख आतिथ्यमा भएको भेलामा गीतकार तथा संगीतकार रामबहादुर कार्की, स्थानीय अगुवा नारायणप्रसाद अधिकारी, देवेन्द्र कठायत, रन्जन कठायतको आतिथ्यता थियो ।
टोलमा सकारात्मक सुधार गर्दै सामाजिक अभियानका कार्यमा सक्रिय हुनका लागि युवा क्लव गठन गरिएको क्लवका अध्यक्ष कविरविक्रम राणाले जानकारी दिए ।
टोलका युवाहरु स्वःस्र्फु रुपमा वृक्षरोपण, संसारीमाई मन्दिर संरक्षण लगायतका सामाजिक काममा जुटिरहेका बेला संगठित रुपमा अघि बढ्न युवाहरुको भेला बसी क्लव गठन गरिएको राणाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*