हेटौंडा/जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा आज (मङ्गलवार) निषेधाज्ञा पालना नगर्ने अटो मयुरीलाई कारवाही गरेको छ ।
मकवानपुर ट्राफिक प्रहरीले मङलवार मात्र २५ वटा अटो तथा मयुरीलाई कारवाही गरेको हो । जसमा अटो २० वटा मयुरी ५वटा नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाइएको छ ।
ट्राफिक प्रहरी प्रमुख हरि विष्णु ढकालको आदेशमा गुड्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिइएको बताईएको छ ।
नियन्त्रण गरिएका सवारीहरुलाई ४ घण्टा होल्डमा राखी निषेधाज्ञा खुकुलो भए पश्चात मात्र संचालनमा ल्याउनेछु भन्ने कागज लेखि हस्ताक्षर गराएर मात्र छोडीएको तथा अबोप्रान्तका दिनहरुमा संचालन गरेको पाइएको खण्डमा कानुन अनुसार कडा भन्दा कडा कारवाही गरिने प्रहरी नायव निरिक्षक रामसुन्दर अर्यालले बताउनुभयो ।
स्थानिय सरकारद्वारा कोरोना भाइरसको संक्रमणवाट हुने प्रभावलाई नियन्त्रण गर्नका लागी निषेधाज्ञालाई केही खुकुलो वनाइएता पनि सार्वजनिक सवारी साधनहरुलाई पूर्णरुपमा रोक लगाइएको छ ।