बकैयाका ५० परिवारले पाए खाद्यन्न राहत

हेटौंडा टुडे
१७ भाद्र २०७७, बुधबार १२:३५

हेटौडा । पुर्वी मकवानपुरको बकैया गाउँपालिकाका ५० घरधुरीले खाद्यन्न राहत पाएका छन् । कोभिड-१९ को कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्योरोमा परेका श्रमजिवी तथा विपन्न परिवारहरुलाई पूर्वी मकवानपुरमा सक्रिय रहेको सामाजिक संजाल दैनिक हात्तीसुँडे सन्देशको समूहले उक्त खाद्यन्न वितरण गरेको हो । सन्देशले बकैया गाउँपालिका वडा नंबर ३ स्थित हानबिच बोर्डिङ स्कुलका प्रोपाइटर सन्जय महर्जन मार्फत आएको खाद्यन्न वितरण गरेको हो ।

प्रोपाइटर महर्जन मार्फत आएको खाद्यन्न सहयोगलाई बकैया गाउँपालिका वडा नंबर ३ र ८ का गरि ५० घरधुरीलाई बाढेको दैनिक हात्तीसँडे सन्देशका सदस्य विक्रम तामाङले बताए । उनले श्रमजिवी तथा विपन्न परिवारको पहिचान गरि खाद्यन्न सहयोग गरेको बताए । खाद्यन्नमा प्रति परिवारलाई १२ किलो चामल,१ किलो दाल,तेल,नुन,साबुन,मसला,मस्यौरा,चाउचाउ,रहेको बताईएको छ । पूर्वी मकवानपुरमा विभिन्न सहयोगको कार्यक्रमहरु गर्दै आएको बताउँदै दैनिक हात्तीसुँडे सन्देशका सदस्य तामाङले सहयोग गर्न चाहनेहरुलाई सम्कर्प गर्न समेत आग्रह गरेका छन् ।

मंगलबार भएको खाद्यन्न वितरण कार्यक्रममा बकैया-३ स्थित हानबिच बोर्डिङ स्कुलका प्रोपाइटर सन्जय महर्जन,दैनिक हात्तीसुँडे सन्देशका सोयलJ लामा,विक्रम लामा, स्थानीय समाजसेवी सन्जिव भोलन तथा बकैया कन्ट्रक्सनका टिम लगाएतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*