गढी गाउँपालिकामा थप १ जनामा कोरोना संक्रमण , संक्रमित संख्या १४ पुग्यो

हेटौडा टुडे
१७ भाद्र २०७७, बुधबार १७:१२

 

हेटौंडा ।  मकवानपुरगढी गाउपालिका आज बुधबार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए अनुसार मकवानपुरगढी गाउँपालीका वडा नम्बर ३ को २४ बर्षिय एक पुरुषलाई कोरोना पोजेटिभ देखिएको हो । यो संगै मकवानपुरगढी गाउपालिका कोरोना पुष्टि हुनेको सख्यां १४ जना पुगेको छ ।

त्यस मध्ये ९ जनामा कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आईसकेको  र आएकाहरु  डिसचार्ज भईसकेको  मकवानपुरगढी गाउपालिकाका स्वास्थ्य ईकाइका प्रमुख बिदुर लामिछानेले जानकारि दिनु भयो ।  मकवानपुरमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*