९३ वर्षकी महिला सहित २६ जना कोरोना मुक्त

हेटौडा टुडे
१९ भाद्र २०७७, शुक्रबार ११:४९

हेटौंडा / विहीबार हेटौंडामा २६ जना कोरोना भाईरसबाट मुक्त भएका छन्, । हिजो बिहिबार उनीहरुको परिक्षणको क्रममा नजिता नेगेटिभ आई कोरोना मुक्त भएको हेटौंडा उपमहानगरका जन स्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए ।

कोरोना भाईरसबाट मुक्त हुनेमा ९३ वर्षकी एक बृद्धा पनि रहेको उनले बताए । उनी हेटौंडामा यती धेरै उमेरको कोरोना मुक्त भएको पहिलो रहेको चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*