काठमाडौं /नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलाको ९६ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।
मंगलबार सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ थियो । मंगलबार प्रति तोला ९५ हजार ३ सय रूपियाँमा कारोबार भएको तेजावी सुन बुधबार प्रतितोला ९५ हजार ९ सय मा कारोबार भइरहेको छ ।
यस्तै मंगलबार १ हजार ३ सय १० मा कारोबार भएको चाँदीको मूल्य बुधबार प्रतितोला १ हजार ३ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनको मुल्य तोलामा ६ सय बढ्दा चाँदी ५ रुपैयाँले बढेको छ ।
सेयर गर्नुहोस्