मकवानपुरमा बुधबार थपिए १४ जना कोरोना संक्रमित

हेटौडा टुडे
२४ भाद्र २०७७, बुधबार १२:५२

हेटौंडा/मकवानपुरमा बुधबार थप १४ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार थपिनेमा ४ महिला र १० पुरुष रहेका छन् ।हेटौंडा नगरपालिकाका ७ जना, थाहा नगरपालिकाका २ जना, मनहरी गाउँपालिकाका ४ र राक्सिराङ गाउँपालिकाका १ जना रहेका छन् । भदौ २२ गते स्वाब संकलन भएका १४६ जनाको रिपोर्ट बुधबार सार्वजनिक गरेको जनाईएको छ ।

24-Report-1599634633.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*