मकवानपुरमा मंगलबार साँझ थपिए ४५ कोरोना संक्रमित

हेटौंडा टुडे
३० भाद्र २०७७, मंगलवार १८:०१

हेटौंडा । मकवानपुरमा आज मंगलबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान १६ जना संक्रमित थपिए संगै आज मात्र मकवानपुरमा  थप  ६१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

आज थपिएकाहरुमा २२ जना मनहरी गाउँपालिका, २ जना कैलाशको र बाँकी हेटौँडा उपमहानगरपालिका बिभिन्न वडाहरुका रहेको जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले जानकारि दिनुभयो ।

पुष्टी हनेमा १३ महिला र ३२ पुरुष रहेका छन । भदौ २९ गते स्वाब संकलन भएको १०५ जनाको रिपोर्ट मंगलबार सार्वजनिक गरेको गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*