गढी गाउँपालिकामा निमार्ण ब्यबसायी संघको साखा कार्यालय उद्घाटन

हेटौडा टुडे
१ आश्विन २०७७, बिहीबार २१:५८

हेटौंडा/ मकवानपुरगढी गाउपालिकामा निमार्ण ब्यबसायी संघ साखा कार्यालय मकवानपुरगढीको आजबाट स्थापना भएको छ ।

आज बिश्वकर्मा बाबाको पुजाकै दिन पारि एक कार्यक्रम बिच उक्त साखाको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि  मकवानपुरगढीे गाउपालिकाका अध्यक्ष बिदुर हुमागाईले रिबन काटि कार्यक्रमकोे उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा अतिथिहरु गाउपालिकाका प्रशासकिय अधिकृत रामकुमार पुडासैनि, ईलाका प्रहरि कार्यालय मकवानपुरगढीका ईन्चार्ज कृष्ण बहादुर खत्रि , जिल्ला निमार्ण ब्यबसायी संघका प्रतिनिधि, वडा नम्बर तिनकी कार्य बहाक अध्यक्ष मन्जु योज्जन, गाउपालिकाका अन्य कर्मचारि , ईन्जिनिएर, स्थानियबासि , सरोकारवाला लगाएतकाको कार्यक्रममा उपस्थिति रहेको थियो ।

निमार्ण ब्यबसायी संघ साखा कार्यालय मकवानपुरगढीका अध्यक्ष आकाश कुमार गोलको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका सदस्य होम कुमार रेग्मिले सन्चालन गर्न भएको ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*