राक्सिराङ गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा २ बालकको मृत्यु

हेटौडा टुडे
५ आश्विन २०७७, सोमबार १६:०५

हेटौंडा । राक्सिराङ गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा २ बालकको मृत्यु भएको छ भने एकजना गम्भिर घाइते भएका छन् । मनहरीबाट सरिखेत पलाँसे जादै गरेको ग १ ज ७१७५ नम्बरको बोलेरो मैनटारमा दुर्घटना भएको हो । मृत्यु हुनेमा राक्सिराङ ३ का १३ वर्षिय रिजन तितुङ रहेको र ११ वर्षिय अनुप वाइवा रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक श्रीशँकर श्रेष्ठले जानकारी दिए । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरिक्षक श्रेष्ठले बताए । दुर्घटनामा परी गम्भिर घाइते भएका २७ बर्षीय सुरज शाहीलाई उपचारका लागि भरतपुर लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*