प्रेस काउन्सिलको युवा पत्रकारिता पुरस्कार–२०७७ तु–खबरका सम्पादक अधिकारीलाई

हेटौंडा टुडे
५ आश्विन २०७७, सोमबार २२:०६

मकवानपुर । तु–खबर डटकमका सम्पादक गिरिजा अधिकारी प्रेस काउन्सिल नेपालको युवा पत्रकारिता पुरस्कार–२०७७ बाट सम्मानित हुने भएका छन् ।

काउन्सिलले सोमवार जारी गरेको विज्ञप्ति अनुसार, सम्पादक अधिकारी नगद रु। १५ हजार राशीसहित सम्मानित हुने भएका हुन् । दुई दसकदेखि मोफसलमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार अधिकारी प्रदेश पत्रकार महासंघ बागमतीका सल्लाहकार हुन् ।

काउन्सिलको ५१ औं वार्षिकउत्सबको अवसरमा काउन्सिलले विभिन्न विधामा अधिकारीसहित २४ जनालाई नगदसहित सम्मान गर्ने भएको हो ।

सम्मानित हुनेहरुमा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार–२०७७ बाट शम्भु श्रेष्ठ ९पाल्पा, हाल काठमाडौं०, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट अर्जुन बोहरा ९हुम्ला०, प्रेस काउन्सिल आचारसंहिता पुरस्कारबाट सेतोपाटी डटकम ९काठमाडौं०, प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट गोविन्द क्षेत्री ९झापा०, राजेन्द्र कार्की ९काठमाडौं०, धमेन्द्र कर्ण ९धनुषा०, ऋषि धमला ९धादिङ० र उमेश श्रेष्ठ ९काठमाडौं० रहेका छन् ।

त्यस्तै, प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सटेन्द्र जबेगु ९इलाम०, सुरेशचन्द्र अधिकारी ९चितवन०, माधव पौडेल ९काठमाडौं०, गणेश चौधरी ९कैलाली०, गिरिजा अधिकारी –मकवानपुर०, राजु विक ९सिरहा०, कमल श्रेष्ठ ९काठमाडौं०, राजन सिंह ९धनुषा०, देवकुमारी गुरुङ ९रोल्पा०, रेणु पराजुली ९उदयपुर०, दीपेन्द्र वली ९सुर्खेत०, शेरबहादुर थापा ९सुर्खेत०, राधिका कँडेल ९फोटो पत्रकार कास्की० र शान्ता कमली ९लमजुङ० रहेका छन् ।

यसैगरी, प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारबाट वन प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिकाका ९सम्पादकरप्रकाशक नवराज रिजाल० र प्रेस काउन्सिल भाषागत पत्रकारिताबाट वाम्बुले राई भाषाका गणेश राई सम्मानित हुने भएका हुन् ।

यसअघि काउन्सिलले आफ्नो वार्षिकउत्सव राष्ट्रपति भवनमा मनाउँदै आएकोमा यसवर्ष भने कोभिड–१९ संक्रमणको जोखिमलाई मध्येनजर गर्दै सो कार्यक्रम राष्ट्रपति भवनमा नगर्ने भएको प्रेस काउन्सिलले जनाएको छ ।

सम्मानित हुनेहरुलाई मंगलबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटाले पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*