मकवानपुरमा साझ थपिए १२ जना संक्रमित, आजै मात्र २६ जनामा संक्रमण पुष्टि

हेटौंडा टुडे
७ आश्विन २०७७, बुधबार २२:०७

हेटौंडा । मकवानपुरमा बुधबार साँझ १२ कोरोना संक्रमित थपिएका छन । आज बिहान र साझ गरेर २६ जनामा संक्रमण देखिएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए ।

प्रयोगशालामा ९५ जनाको स्वाबको नमुना परिक्षण गरिएकोमा ८ महिला र चार पुरुषमा गरि जम्मा १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ७ का २ जना महिला र वडा नम्बर ८ का ४ महिला र चार परुष गरि  मनहरि गाउ पालिकामा जम्मा १० जनामा देखिएको र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का २ महिलामा संक्रमण देखिएको छ ।

असोज ५ गते संकलन गरिएको स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको परीक्षणको नतिजा सोमबार साँझ सार्वजनिक गरेको चौलागाईंले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*