अझै दुई दिन भारि बर्षा , शनिबारदेखि मौसममा सुधार आउने

हेटौंडा टुडे
८ आश्विन २०७७, बिहीबार ०९:४४

हेटौंडा । केहि दिन देखि देशभर भएको भारि वर्षा शनिबार सम्म रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको भनाइ छ ।

आज र भोलि देशभरि पानि रोकिने र फेरि पानी पर्ने क्रम चलिरहने छ । भारतको मध्य प्रदेशको पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्र उत्तर पूर्व सरिरहेकाले नेपालका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार बेलुकीदेखि बिस्तारै पानी पर्ने क्रम कम हुँदै जाने तर हल्कादेखि सामान्य वर्षा भने अझै केही दिन हुने संभावना छ । यो वर्ष मनसुन सकिने बेलामा झन् सक्रिय भएको छ । पर्सि दिउँसोसम्म नै धेरै ठाउँमा ठूलो पानी पर्ने र केही ठाउँमा निकै ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*