हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार कोभिड–१९ बिरुद्ध व्यवसायिक तयारी सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा राष्ट्रिय व्यवसायिक पहल (एनबिआई)का अध्यक्ष कुशकुमार जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्नुहुदै संघका अध्यक्ष कटुवालले हेटांैडामा ७ बजेपछाडी पनि बसपार्क लगायतका ठाउमा व्यवसाय सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाले कोभिड–१९ को प्रभाव तथा मकवानपुर जिल्लाभित्र उद्योग व्यवसाय सञ्चालनको लागि निरन्तर गरेको विभिन्न पहलबारे जानकारी दिनुहुदै हालको अवस्था धेरै हद सम्म सामान्य भएको बताउनु भयो । सञ्चार माध्यमबाट आउने कोरोना सम्बन्धी सूचनाले मानिसहरु भयभित हुने अवस्था रहेको र त्यसैका आधारमा सरकारले लकडाउन गरिदिंदा समस्या भएको बताउनु भयो । समाचारहरु निको भएकाहरुको तथ्यांक सहित सकारात्मक हिसाबले सार्वजनिक गर्न उहाले आग्रह गर्नुभयो ।
सरकारी कर्मचारीहरुको लकडाउनमा घरमै बसेपनि तलब पाइने स्थितिले लकडाउनकै चाहाना राख्दिने र यता निजी क्षेत्रलाई भने सकस परिरहेको बताउनु भयो । कार्यक्रमका एनबिआईका अध्यक्ष जोशीले सरकारको मुख मात्र ताक्नुको सट्टामा आफै सुरक्षित रहेर, आफ्ना ग्राहकहरुको सुरक्षाको प्रवन्ध मिलाई व्यवसाय संचालन गर्नुपर्ने बताउनु भयो । उहाले अष्ट्रेलिया, सिंगापुर, ताइवान जस्ता देशका नागरिक आफै सचेत भएका कारण महामारीबाट धेरै हदसम्म सुरक्षित रहेको बताउनु हुदै सरकार माथि मात्र निर्भर हुदा जोखिम बढ्न सक्ने बताउनुभयो । जोशीले नेपालमा कोरोना सम्बन्धी स्वास्थ्य प्रोटोकलको प्रभावकारी कार्यान्वयन नहुदा विदेशी मुलुकले नेपालीहरुलाई आउन करिब–करिब निषेध गरेको अबस्था रहेको बताउनुभयो
रुघाखोकी भन्दा कोरोना संक्रमण छिटो हुने र रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई निको हुन गाह्रो हुनेहु“दा मास्क लगाउने तथा हात धुनेगर्दा सुरक्षित रहन सघाउ पुग्ने बताउनु भयो । कार्यक्रममा एनबिआईबाट प्रकासित कोभिड–१९ का लागि आधारभूत व्यवसायिक पूर्व तयारी एवं व्यवसाय संचालन योजना सम्बन्धी पुस्तक वितरण गरिएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले बिभिन्न उद्योग तथा कारखानामा कोभिडबाट सुरक्षाको लागि गरिएको प्रयास प्रभावकारी नभएको बताउनुुभयो । होटेल एसोसिएसनका अध्यक्ष शंकरलाल श्रेष्ठले ठुला होटेल तथा रेष्टुरेन्टहरुले मापदण्ड बनाएर लागु गरेपनि साना लगानीकाले भने नसक्ने बताउदै राज्यले जिम्मेवारी नलिएसम्म समस्या समाधान नहुने बताउनुभयो ।
नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका कार्यकारी निर्देशक माधव अधिकारीले केही मिडियाले यो संक्रमणलाई सामान्य भन्दै महत्व नदिएकाले सुरक्षा सावधानीमा कमी आएको बताउनुभयो । उहा“ले सुरक्षा मापदण्ड भएपनि यातायात व्यवसायमा सबै ठाउ“मा निगरानी राख्न कठिन हुने बताउनुभयो । पुरानो नारायणी यातायात व्यवसायी संघका सचिव बिष्णु बिडारीले हाल यात्रुवाहक सवारीहरु सबै सञ्चालन गर्ने निर्णय भएपनि सञ्चालन मापदण्डका कारण फेरी घरआ“गनमै थन्किएको बताउनुभयो । मउवासंघका पूर्व अध्यक्ष भूवनलाल श्रेष्ठले बन्दाबन्दी र निषेधाज्ञाका कारण आत्महत्या बढेको बताउनुभयो । मउवासंघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले सरकारले संचेतना फैलाउन पर्याप्त प्रयास गरेको तर आइसोलेसन वार्ड, क्वारेन्टाइन जस्ता रोगीलाई सुरक्षित र अलग राख्ने कार्यमा भने स्थानीय सरकारले बेवास्था गरेको बताउनुभयो । उहा“ले कोभिडको प्रभाव अब झन देखिन सक्नेपनि बताउनुभयो ।
कार्यक्रममा संघका महासचिव प्रमोदसिंह रानाभाट, सचिवद्वय काव्यमणि अधिकारी, बिष्णुगोपाल महर्जन, क्यान मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनी, इकरातका पनम श्रेष्ठ, संचारकर्मी रामनाथ कु“वर लगायतको उपस्थिति रहेको थियो ।