
हेटौँडा/हेटौँडा उपमहानगरपालिका वडा नम्बर-७ न्युरेनिका कोरोना संक्रमित एक वृद्ध पुरूषको मृत्यु भएको छ ।
संक्रमितको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
अस्पतालले आफ्नो आधिकारिक फेसबुक पेजमा कोरोना संक्रमण पुष्टि भएर १५ गते अस्पतालमा उपचारका लागि आएका हेटौँडा(७ न्युरेनिका ७८ बर्षीय एक वृद्ध पुरूषको आज बिहान मुत्यु भएको उल्लेख गरिएको छ ।उनको कोभिड निमोनियाको कारण मृत्यु भएको जनाइएको छ ।


सेयर गर्नुहोस्