नवयुवा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा शनिबारबाट सुरु

टुडे संवादाता
१७ आश्विन २०७७, शनिबार १७:०१

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित नवयुवा बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा शनिबारबाट सुरु भएको छ ।
कोरोना संङक्रमण लाई मध्यनजर गर्दे संस्थाले शनिबार देखि कातिक १ गते सम्म साधारण सभा गर्ने भएको हो ।

संस्थाले कार्यबिधि निर्माण गरी सहकारी बिभागको निर्देशन बमोजिम साधारण सभाको आयोजना गरेको संस्थाका अध्यक्ष हिम प्रसाद पौडेलले बताउनुभयो ।भिड भाड ब्यबस्थापनका लागी संस्थाले प्रवेश द्धारमा डोरी लगाएर हेल्थ डेस्कको स्थापना गरेको छ ।

सेयर सदस्यहरुले संस्थाबाट प्रतिवेदन लिईसकेपछी प्रतिवेदनमाथी सुझाव दिन चाहेमा अनुसुची फारम भर्ने ब्यबस्था गरीएको छ । सेयर सदूयहरुबाट प्राप्त सुझावको बैठकद्धारा समिक्षा गरी कार्तिक एक गते साधारण सभा सम्पन्न गरीने अध्यक्ष पौडेलले बताउनुभयो ।

एक हजार ८ सय शेयर सदस्य रहेको संस्थाको शेयर पुँजि ३ करोड ३७ लाख ३३ हजार ८ सय रहेको छ ।यस्तै १७ करोड ५४ लाख एक सय ९२ रुपैँया बचत रहेको संस्थाले विभिन्न शिर्षकमा १७ करोड ९१ लाख ४२ हजार ७ सय ५० रुपैया ऋण लगानी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*