मकवानपुरमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

टुडे संवादाता
२३ आश्विन २०७७, शुक्रबार १६:०७

हेटौंडा/मकवानपुरमा थप १३ जनामा कोरोना भाइरस (कोभिड १९)संक्रमण पुष्टि भएको छ ।

शुक्रबार दिउसो आएको रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिकाका ९ जना र मनहरीको गाउँपालिकाका ४ जना गरी १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

असोज २२ गते संकलित १३८ जनाको स्वाबमा ६८ जनामा गरिएको परिक्षणमा १३ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा ३ महिला र १० पुरुष रहेका छन् ।

हेर्नुहोस विवरण  :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*