मकवानपुरमा शनिबार बिहानै थप २४ जना कोरोना संक्रमण पुष्टि

टुडे संवादाता
२४ आश्विन २०७७, शनिबार ११:२५

मकवानपुर/मकवानपुरमा शनिबार बिहान थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
हेटौडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईका अनुसार शनिबार बिहान ६ महिला र १८ पुरुष गरी मकवानपुरमा थप २४ जनामा कोरोना पुष्टि भएको बताईएको छ ।
जनस्वास्थ्य निरीक्षक चौलागाईका अनुसार, असोज २३ गते संकलन गरिएको स्वाबको किटजन्य रोग तथा तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको नजिता आज बिहान सार्वजनिक गरेको हो ।

संक्रमण पुष्टि हुनेहरुमा हेटौंडाका २०, मकवानपुरगढीका एक जना र बाँकी ३ जना अन्य जिल्लाको रहेका छन ।

हेर्नुहोस् पूरा विवरण 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*