
मकवानपुर/मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक घरमा लुटपाट भएको छ । राक्सिराङ–१ घलेगाउँका स्थानीय भीमबहादुर घलेको घरमा बुधबार राति नगद र गरगहना लुटपाट भएको हो ।
मध्यरातको समयमा करिब ५ जनाको समूहमा आएका लुटेराहरुले बन्दुक देखाएर मार्ने धम्की दिँदै नगद एक लाख २५ हजार र उनकी पत्नीको तिलहरी लुटेको जनाइएको छ ।
भूकम्पका कारण क्षति भएको घरको पुनर्निर्माणको लागि दुई दिनअघि लिएको रकम लुटिएको हो । भीमबहादुर र उनका बुबा सुरवीरले घर पनः निर्माणका लागि लिएको एक लाख रुपैयाँ र घरमा रहेको थप २५ हजार गरी एक लाख २५ हजार लुटेको जनाइएको छ ।
चोरी भएलगतै घलेले वडा अध्यक्ष कान्छाराम रुम्बालाई जानकारी गराएका र अध्यक्ष रुम्बाले इलाका प्रहरी कार्यालय मनहरीलाई मौखिक जानकारी गराएको जनाएका छन् ।


सेयर गर्नुहोस्