मकवानपुर/मकवानपुरमा सोमबार बिहान थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडाको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार बिहान ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले जानकारी दिनुभयो ।
संक्रमितहरु मध्य १७ महिला र २५ पुरुष रहेका छन् ।गत असोज २३ गते संकलन गरिएको १२० जनाको स्वाब परीक्षणमा ४२ जनामा कोरोना पुष्टि भएको जनाईएको छ ।
हेर्नुहोस विवरण
सेयर गर्नुहोस्