बागमती गाउँपालिकामा १३ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा टुडे
२६ आश्विन २०७७, सोमबार १२:२१

मकवानपुर/मकवानपुरको बागमती गाउँपालिकाका सोमवार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागमती गाउँपालिकामा कार्यरत २ जना कर्मचारी र ३ जना स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण देखिएको हो ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

गाउँपालिकाको अनुसार शुक्रबार संकलन गरिएको ८४ जनाको स्वाबको नमुना परिक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २ जना पालिकाकाका कर्मचारी र ३ जना स्वास्थ्यकर्मी रहेका छन् ।
यो संगै गाउँपालिकामा कोरोना पुष्टि हुनेको संख्या २४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*