मकवानपुरगढी गाउँपालिकामा भित्रियो धान काट्ने मेशिन

टुडे संवादाता
२७ आश्विन २०७७, मंगलवार ११:५५

हेटौंडा/मकवानपुरगढी गाउँपालिकाले आज कृषकहरुलाई धान काट्ने मेशिन (रिपर) हस्तान्तरण गरेको छ । मङ्गलवार आयोजित एक कार्याक्रमका बिच गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले कृषकहरुलाई धान काट्ने मेशिन हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाको आव ०७७/७८ को स्वीकृत कृषि विकास कार्यक्रम तर्फ कृषि यान्त्रिकरण प्रवद्र्वन गर्ने क्रममा आज मङ्गलवार धान काट्ने मेसिन पालिकामा भित्र्याईएको हो । गाउँपालिकामा पहिलो पटक धान काट्ने मेशिन भित्रिएको हो ।

श्री श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक गिता लम्साल र श्री एकीकृत शत्रुजीव व्यवस्थापन (आईपिएम) कृषक सहकारी संस्था लिमिटेडका उपाध्यक्ष बद्रिप्रसाद दाहाललाई अध्यक्ष हुमागाईले मेशिन हस्तान्तरण  गर्नुभएको हो ।

मेशिन हस्तान्तरण कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष जित बहादुर घिमिरे,६ नम्बर वडाध्यक्ष टिकाप्रसाद दाहाल,वडा सदस्य लगाएत सहकारीका प्रतिनिधी र कृषकहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*