कर्मचारी निधनका कारण सोमवार हेटौंडा उपमहानगरपालिका बन्द

टुडे संवादाता
२७ आश्विन २०७७, मंगलवार १७:५०

हेटौंडा/हेटौंडा उपमहानगरपालिकाले आज सबै बन्द गरेको थियो । उपमहानगरपालिकामा कार्यरत कर्मचारीको निधनका कारण आज बिहान शोकसभाको आयोजना गरेर कार्यालय बन्द गरिएको हो ।

उपमहानगरका कर्मचारी लक्षमण अर्यालको सोमबार उपचारको क्रममा चितवनको भरतपुर अस्पतालमा मुत्यु भएकोले आज एकदिन शोकमा कार्यालय बन्द गरिएको हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरेले जानकारी दिनुभएको छ । कार्यालय परिसरमा मेयर, उपमेयरसहित जनप्रतिनिधि, कर्मचारीले स्वर्गीय अर्यालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*