मकवानपुरमा बुधबार दिउँसो थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

हेटौडा टुडे
२८ आश्विन २०७७, बुधबार १४:४०

हेटौंडा/मकवानपुरमा बुधबार दिउँसो थप ४० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
हेटौंडाको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले जानकारी दिनुभयो ।

चौलागाईका अनुसार आज हेटौंडा उपमहानगरपालिका, कैलाश गाउँपालिका, मनहरी गाउँपालिका र थाहा नगरपालिकामा गरी ३९ र जिल्ला बाहिरको १ जनामा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ । यस अघि बुधवार बिहान मात्र ७९ जनामा कोरोना पुष्टि भएको थियो ।
हेर्नुहोस विवरण

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*