
हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित घरेलु तथा साना उद्योगको कार्यालय ५ दिनको लागि बन्द गरिएको छ ।
कार्यालयले जारी गरेको एक सूचना अनुसार कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भए सँगै कार्यालय ५ दिन अर्थात असोज ३ गते सम्मका लागि बन्द गरिएको हो ।
कार्यालयले उद्योग,वाणिज्य,फर्म दर्ता,नविकरण,नामसारी, ठाउँसारी जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको थियो ।
हेर्नुहोस सुचना,


सेयर गर्नुहोस्