खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता सचेतना कार्यक्रम बिहिवार हेटौंडामा सम्पन्न

हेटौंडा टुडे
२९ आश्विन २०७७, बिहीबार १६:५६

हेटौंडा/उपभोक्ताहित संरक्षण मञ्च केन्द्रीय कमिटीको आयोजना तथा उपभोक्ता हित संरक्षण मञ्च हेटौंडा उपमहानगर कमिटीको समन्वय एवं नेपाल लाइफवस्टक सेक्टर इनोभेसनको सहयोगमा आज हेटौंडा एक दिने खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य बासु खतिवडाको अध्यक्षता एवं बागमती प्रदेश सरकारका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यता र हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बाझो रहेको जमिनको उपयोग गर्दै आधुनिक कृषि प्रणालीलाई अपनाउदै कृषि पेसा अङ्गाल्न नसक्दा कृषिजन्य उत्पादनमा समेत अरुको मुख ताक्नुपरेको प्रमुख अतिथी मन्त्री दावा दोर्जे लामाले बताउनुभयो ।

बजारको आधुनिकीकरण गर्दै कृषि क्षेत्रमा व्यवसाहिक रुपमा अघि बढ्न प्रदेश सरकारले किसान लक्षित कार्यक्रमहरु ल्याइरहेको बताउनुभयो । बिषादी रहित खाद्यान्न सेवन गर्न आफ्नो घर वरिपरिका जमिनलाइ उपभोग गर्दै स्वस्थ तरकारीजन्य उत्पादनमा आत्मनिर्भर बन्नुपर्ने उहाले बताउनुभयो । ।

कार्यक्रममा बोल्दै कार्यक्रमको बिशिस्ट अतिथी एवं हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख मिना कुमारी लामाले अखाद्य बस्तु उत्पादन गर्ने र बिक्रिवितरण गर्ने दुबैलाइ कारवाहिको दायरा मा ल्याइने बताउनुभयो । आवस्यक नीति नियमको अभावमा यस्ता अखाद्य बस्तु उत्पादक र वितरकहरु खुलेआम उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गरिरहेको भन्दै त्यस्ता अखाद्य बस्तु उत्पादक तथा वितरकलाई कानुनी कारवाहिको प्रक्रिया अघि बढाउन उपमहानगरपालिका तयार रहेको भन्दै उपभोक्ताहित संरक्षण मञ्चले उपभोक्ता अधिकार र उपभोक्ता लाई सचेत गराउने काममा खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा सहयोगी संस्था नेपाल लाइफवस्टक सेक्टर इनोभेसन योजनाका प्रदेश दुई र बागमती प्रदेश कार्यालय का प्रमुख डा। बिदुर गौतमले सस्थाको स्थापना, उदेश्य, र पशुपालन क्षेत्रमा रहेका चुनौती र आधुनिकीकरण का उपायका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उपभोक्ता हित संरक्षण मञ्च नेपाल का केन्द्रिय उप महासचिव बिष्णु प्रसाद तिमल्सिनाले नेपालमा उपभोक्ता अधिकार सम्बन्धि कानुनी व्यवस्था र खाद्य स्वच्छता बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उपभोक्ताहित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष अजय अधिकारी, हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख नरेश जोशी, लगायत हेटौंडामा सञ्चालनमा रहेका डेरि उद्योगि, उपभोक्ता र विभिन्न सामाजिक संघसंगठनका प्रमुख एवं प्रतिनिधिको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*